Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिने भएको छ ।

पेटमा समस्या देखिएपछि मंगलवार शिक्षण अस्पतालमा आकस्मिक रुपमा भर्ना भएका राष्ट्रपति पौडेललाई नयाँ दिल्ली लान लागिएको हो ।

अहिले साढे ९ बजे पौडेललाई श्री एयरलाइन्समार्फत दिल्ली लगिँदैछ। यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको एयरलाइन्सले जनाएको छ।

नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा पौडेलको उपचार हुने बताइएको छ । एम्स र शिक्षण अस्पतालका डाक्टरको परामर्शपछि पौडेललाई दिल्ली लगिन लागेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077