Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतमा लैजाने तयारी भएको छ ।

फोक्सोमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई परिवारले नै भारतमा उपचारका लागि लैजान चिकित्सकसँग आग्रह गरेका हुन् ।

स्रोतका अनुसार चिकित्सकहरुले राष्ट्रपति पौडेलको स्वास्थ्य जाँच र प्रयोगशाला परीक्षणका रिपोर्ट हेरेर यस विषयमा निर्णय लिन सक्ने छन् ।

पौडेलको थप उपचारका लागि बुधबार बिहान एयर एम्बुलेन्समार्फत भारत लाने तयारी गरिएको बताइएको छ । राष्ट्रपति पौडेलको निजी चिकित्सक एवं वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम लगायतको टोली उनको उपचारमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077