Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रकाश सपूतको ‘सकम्बरी’ गीत युट्युबबाट हटाउन माग

काठमाडौं । रात्रीकालिन मनोरञ्जन व्यवसायी संघ नेपालले प्रकाश सपूतको पछिल्लो गीत ‘सकम्बरी’ युट्युबबाट हटाउन माग गरेको छ ।

संघले मंगलवार एक विज्ञप्ति जारी गर्दै गीतले आम महिलालाई आपेक्ष लागेको बताउँदै युट्युबबाट हटाउन माग गरेको हो ।

गीतले रात्रीकालीन व्यवसायमा संलग्न सबै छोरीचेलीहरु देहव्यापारमा लागेको जस्तो सन्देश गएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा सकम्बरी गीतलाई ‘अपाच्य’ संज्ञासमेत दिइएको छ ।

‘तपाईं जस्तो भूईंमान्छेबाट उठेर संघर्ष गरी नेपाली कला क्षेत्रमा स्थापित हुन लागेको व्यक्तिले नेपाली समाजमा छोरीरनारीको बारेमा निर्माण गर्न खोजेको विम्ब यही हो त ?’, विज्ञप्तिमा भनिएको छ ।

केही शब्द र भिडियोप्रति आफूहरूको आपत्ति रहेको संघले उल्लेख गरेको छ । संघले उक्त गीतले रात्रीकालिन मनोरञ्जन व्यवसायको नकारात्मक प्रचार भएको ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077