Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छातीमा समस्या आएपछि राष्ट्रपति पौडेल पुनः अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । छातीमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखेर उपचार गरिने अस्पतालका प्रशासन प्रमुख बैकुन्ठ थपलियाले जानकारी दिए । राष्ट्रपति पौडेल केही दिन अस्पतालमै रहनेछन् ।

सुरुमा पेटमा र पछि छातीमा समस्या देखिएपछि उनी निरन्तर चिकित्सकको निगरानीमा रहेका छन् । उनको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको छ ।

यसअघि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारार्थ भर्ना भएर चैत २२ गते डिस्चार्ज भएका थिए । सोमबार पनि छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077