Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रतिनिधिसभामा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ पेस भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८-०७९’ पेस गरेका हुन् ।

त्यस्तै, बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

सभामुख घिमिरेले अर्को बैठक बैठक बुधबार दिनको १ बजे बस्नेगरि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077