Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद हितबहादुर तामाङले भने - मेयर बालेनले संविधान मिच्ने काम गरे !

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले संविधान मिच्ने काम गरिरहेको आरोप लगाएका छन् ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद तामाङले मेयर बालेन साहले आफ्नो कर्तव्यविपरीतको काम गरिरहेको बताएका हुन् ।

सांसद तामाङले काठमाडौंका मेयरले आफ्नो सीमा नाघेर काम गरिरहेको आरोप लगाए।

सांसद तामाङले भने, ‘काठमाडौंका मेयरले हरेक सवालमा संविधान मिच्ने, आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगर्ने गैरउत्तरदायी भूमिका निर्वाह गरेका छन् । चैत ११ गते नदीको किनारमा रहेका अनधिकृत बसोबास हटाउन निर्देशन दिएको सूचना प्रकाशित गरे, त्यो आफैंमा संविधानविरोधी कुरा थियो । ’

काठमाडौंका मेयरले सिंहदरबारको फोहोर नउठाउने र उठाउने संस्थाको इजाजतपत्र खारेज गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा उनले आपत्ति जनाए ।

महानगरले स्थानीयवासीसँग गरेको सम्झौताअनुसार सिसडोलमा काम नगरेको भन्दै उनले संसदीय छानबिन समिति गठनको माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077