Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ मा पुनः विश्वासको मत लिने

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ११ वैशाखमा विश्वासको मत लिने भएका छन् ।

माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयले ११ गते बिहान ११ बजे बैठक बोलाएको छ ।

गत माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका गिरीलाई बहुमतका लागि ४४ मत आवश्यक पर्छ ।

८७ सांसद रहेको लुम्बिनीमा अहिले एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077