Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफैँले बोकेको बन्दुक पड्कँदा सशस्त्रका हवल्दारको मृत्यु

दाङ । आफैँले बोकेको बन्दुक एसएलआरको गोली लागेर दाङको तुलसीपुरमा सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–८ टिकरी घर भएका ३५ वर्षीय वसन्त केसीको मृत्यु भएको हो ।

ड्युटीमा खटिएको बेला आइतबार राति साढे ८ बजे उनले आफैँलाई गोली हानेका थिए ।

केसीको घाँटीमा गोली लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

एसएलआर आफैँ पड्कियो वा सहायक हवल्दारले आफैँमाथि गोली चलाए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सहायक हवल्दार केसी पाँच दिनअघि मात्रै कारागार सुरक्षा गुल्म तुलसीपुरमा सरुवा भएर आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077