Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिन र चीनका रक्षा मन्त्री शाङ्गफुबीच मस्कोमा भेटवार्ता

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका रक्षा मन्त्री जनरल ली शाङ्गफुबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच रुसको राजधानी मस्कोमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध र सैन्य सहयोगको विषयमा छलफल भएको बताइएको छ ।

भेटमा पुटिनले सैन्य सहयोग र सूचना आदानप्रदान गर्ने बताउनु भएको छ । चीनले भने रुस र युक्रेनबीच युद्ध हुनुमा अमेरिका र नेटो जिम्मेवार रहेको जनाएको खबरमा उल्लेख छ ।

यस्तै, चीनले रुसलाई हतियार सहयोग नगर्ने पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077