Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशमा आज जुडशीतल पर्व मनाइँदै

धनुषा । तराई–मधेसमा आज जुडशित पर्व मनाइँदै छ । प्रत्येक वर्षको वैशाख २ गते बिहानैदेखि गाउँगाउँमा आफू भन्दा सानाको शिरमा जल थप थपाएर आशिर्वाद लिने दिने गरिन्छ ।

बुबा-आमा, गुरु, मान्यजन र ज्येष्ठ सदस्यले आफू भन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आशिर्वाद दिंदै यो पर्व मनाउने चलन रहेको छ ।

वर्षभरी शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु र प्रगति होस् भन्ने ठूलाबडा र जेष्ठ सदस्यले आफू भन्दा सानालाई आशिर्वाद दिने गर्छन् ।

यसरी टाउकोमा पानी छ्यापेर जुराउँदा वैशाखको प्रचण्ड तापसँगै सूर्यको किरणबाट मनमष्तिकमा हुन सक्ने असन्तुलनलाई रोक्ने र बर्षैभरी मस्तिष्क सितल रहने विश्वास रहिआएको छ ।

आजका दिन रुख विरुवामा पानी हाल्नुका साथै खेतबारीमा मलजल गर्ने परम्परा समेत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077