Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जुन दिन चुनाव जित्छन्, त्यहिँ दिन यो सरकार ढल्छ : ज्ञानेन्द्र शाही

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले वैशाख १० पछि सरकार ढल्ने बताएका छन् ।

प्रवक्ता शाहीले सरकारमा रहेका पार्टीले चुनाव जित्नका लागि मात्र सरकारलाई समर्थन दिएको बताएका हुन् ।

प्रवक्ता शाहीले भने, ‘केही साथीहरुले अहिलेको सरकारलाई समर्थन गरेको भनेको आफु चुनाव लड्नलाई मात्रै हो । जुन दिन चुनाव जित्छन्, त्यहिँ दिन त्यो सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ । र सरकार ढल्छ।’

फेल भएपनि पटकपटक नेतृत्वमा पुग्ने प्रवृतिले मुलुकलाई धरासाय बनाएको प्रवक्ता शाहीले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077