Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुरमा एकीकृत समाजवादीका कमिटी नै एमालेमा फर्किए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसंहित ललितपुर महानगर वडा नं १५ को समिति नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

बुधवार एमाले पार्टी कार्यलय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमबाट उनीहरू पुरानै घरमा फर्किएका हुन् ।

उनीहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले अविर  र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

एमालेमा फर्किनेहरूमा नेकपा (एस) का जिल्ला सचिव मिश्र, केन्द्रीय निर्वाचन विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य शिलग्राम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, रानुमैया कार्कीलगायत ३९ जना छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077