Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अपार्टमेन्ट निर्माण प्रक्रियाको वैधानिकता खोजी गरियोस् : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनिरहेका होटल, भवन र अपार्टमेन्टहरूको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गरेकी छन् ।

उनले बुधबार प्रतिनिधिसभामा बैठकमा बेल्दै उनले ललितपुरको बखुन्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट वैधानिक नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता भवनहरूको बैधानिकता खोजी गर्नुपर्ने बताइन् ।

उनले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भासिएका घरहरूको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र निर्माण प्रक्रियामा संलग्नलाई कारबाही गर्न समेत माग गरेकी छन् ।

सांसद कार्कीले अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानबिनको कामलाई तत्काल अघि बढाउन पनि सरकारसँग माग गर्दै बैधानिकता खोजीका लागि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077