Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फोहोर नउठाएको विषयमा सरकारले मेयर बालेनसँग छलफल गर्ने

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)संग छलफल गर्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकले सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका मेयर बालेनको गतिविधि अराजकतातिर गइरहेको भन्दै सरकारले त्यसम्बन्धनमा संग छलफल गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता रेखा शर्माले त्यसबारे मेयर बालेन शाहसँग आवश्यक कुरा गर्ने निर्णय भएको बताइन् ।

सञ्चार मन्त्री शर्माले भनिन्, 'फोहोर व्यवस्थापन नीतिगतरूपमा स्थानीय सरकारले गर्ने हो। सिंहदरवारको फोहोर नउठाउने काठमाडौंका मेयर बालेनको निर्णयलाई गम्भीरतापूर्वक लिएका छौं। उहाँ अराजकतातिर जानुभएको छ। मन्त्रिपरिषद् बैठकमा यसबारे गम्भीर छलफल भएको छ।'

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट बालेन्द्र साह भाग्न नमिल्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077