Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीको आधिकारिक फेसबुक पेज ह्याक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको आधिकारिक फेसबुक पेज ह्याक भएको छ ।

मंगलबार उक्त अकाउन्टबाट भियतनामी शब्दमा पोस्ट राखिएपछि पेज  ह्याक भएको हो ।

सशस्त्र प्रहरी बलको उक्त फेसबुक पेजमा 'जो गत शरदमा फर्किए' लेखी पोस्ट गरिएको छ ।

एपीएफको पेजमा अनधिकृत रूपमा प्रवेश गरेर विदेशी शब्दमा कन्टेन्ट राखिएको छ ।

केही समय अघि नेपाली सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो।

अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077