Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनार्दन शर्मालाई तेस्रो पटक कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ ।

उनी योसँगै तेस्रो पटक संक्रमित भएका हुन् । आफूलाई कोरोना संक्रमण देखिएको शर्माले जानकारी दिए ।

‘कोभिड-१९ द्वारा तेस्रो पटक संक्रमित भएँ,’ शर्माले भने, ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ !’

नेपालमा पछिल्लो समय फेरि कोरोना संक्रमण देखिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077