Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णालीको बहुआयमिक सम्भावना सदुपयोग गर्न विशेष बजेटको व्यवस्था गर्छु : उपप्रधानमन्त्री खड्का

सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको बहुआयमिक सम्भावना सदुपयोग गर्न केन्द्रबाट विशेष बजेट व्यवस्था गर्ने बताएका छन्।

नेपाली कांग्रेस सुर्खेत क्षेत्र (२) को पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आज आयोजित प्रथम क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले विकासको गति तीव्ररुपले बढ्ने गरी केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए। निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेको सरकारले कर्णाली विकासलाई प्राथमिकता राख्ने उनको भनाइ थियो।

चुनावताका जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने बताउँदै रक्षामन्त्री खड्काले भने, ‘शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको रक्षा र देशको तीव्र विकासमा वर्तमान सरकारले जोड दिन्छ। द्वन्द्वपीडितहरुलाई न्यायिक निरुपणमार्फत न्याय दिन र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराउँछौं।’

पुस १० को अप्राकृतिक गठबन्धन भत्केर बनेको प्राकृतिक गठबन्धनले देश र जनताका पक्षमा काम गर्ने बताउँदै मुद्दामा सहमत भएका दलहरु एक ठाउँमा रहेकाले ती मुद्दाहरु पूरा हुने उनले जनाए।

पुसमै बन्नुपर्ने सरकार चैत १७ गते बन्दा महत्वपूर्ण समय खेर गएको जनाउँदै रक्षामन्त्री खड्काले अहिले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने बजेट आउने बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077