काठमाडौं । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीबाट अवैध चिनीसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्लाकोबर्दघाटको दाउन्नेस्थित एसमोड रबर्दघाट चिसापानीस्थित गाडी ग्यारेजबाट सशस्त्र प्रहरीले आज ४२ टन अवैध चिनीसहित दुई ट्रक नियन्त्रणमा लिएको हो ।
प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी चिनीसहित सशस्त्र प्रहरीले नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ र लु २ ख ९० नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको चिनी र ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको छ ।