Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : चेन्नाईको दोस्रो जित, मुम्बई पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सले दोस्रो जित निकालेको छ ।

चेन्नाईले शनिबार मुम्बई इन्डियन्सविरुद्ध सात विकेटको सहज जित निकालेको हो ।

वान्खडे रंगशालामा सम्पन्न खेलमा घरेलु टिम मुम्बईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य चेन्नाईले १८.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको थियो ।

जितसंगै तीन खेलबाट चार अंक जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077