Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेडिकल जान्छु भनेर हिँडेकी कमला र पाँच महिने बच्चाको शव कर्णालीमा भेटियो

अछाम । कर्णाली नदिमा डुबेर आमासहित पाँच महिने शिशुको मृत्यु भएको छ ।

जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ की २२ वर्षीया कमला धामी र उनको पाँच महिनाको बच्चाको मृत्यु भएको हो ।

उनीहरुको कर्णालीको त्रिवेणीमा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

चैत्र १६ गते घरबाट उपचारका लागी मेडिकल जान्छु भनेर हिँडेकी कमलाको शुक्रवार त्रिवेणी स्थित कर्णाली नदिको किनारामा बच्चासहित शव भेटिएको हो ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077