काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकाली न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट लैजान खोजेको प्रतिक्रिया दिएका छन् ।
सभामुख देवराज घिमिरेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सत्तारुढ दलको चाहना टिआरसी विधेयकलाई फास्ट ट्रयाकबाट लैजाने रहेको बताए । तर प्रतिपक्षले समितिमा लैजानुपर्ने अडान राखेको उनको भनाइ छ ।
उनले भने,’हामी सरकारमा हुनेहरूको कुरा चाहिँ फास्ट ट्र्याकबाटै गरौं भन्ने छ। प्रतिपक्षीको समितिमा लगेर गरौं भन्ने छ। त्यसमा बीचको बाटो खोजौं भन्ने छ ।’
उनले टिआरसीसँगै संवैधानिक परिषद्सम्बन्धी विधेयक र सम्पत्ति सुद्धीकरणसम्बन्धी विधेयकलाई पनि छिटो टुंग्याउन जरुरी रहेको बताए।
Leave a Reply