Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : हैदराबादमाथि लखनउको जित, पाण्ड्याको अलराउण्ड प्रदर्शन

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।

लखनउस्थित अटल बिहारी बाजपेयी स्टेडियममा सम्पन्न खेलमा क्रुणाल पाण्ड्याको अलराउण्डर प्रदर्शनमा लखनउले हैदराबादलाई पाँच विकेटले पराजित गरेको हो ।

हैदराबाद लगातार दोस्रो खेलमा पराजित भएको छ । गएराति लखनउमा भएको खेलमा जितका लागि १ सय २२ रनको सामान्य लक्ष्य पाएको लखनउले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो ।

जितसँगै लखनउले ३ खेलमा दोस्रो जित निकालेको छ भने हैदराबादले लगातार दोस्रो हार ब्यहोरेको छ। ४ अंक जोडेर लखनउ शीर्ष स्थानमा रहँदा हैदराबाद तालिकाको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077