Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले गठन गर्‍यो वार्ता समिति

    मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले गठन गर्‍यो वार्ता समिति

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 816
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितहरूसँग वार्ता गर्न शुक्रबार वार्ता समिति गठन गरेको छ । सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा गृहले समिति बनाएको हो ।

    अघिल्लो हप्ता नै सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति’ नामक पीडितहरूको संगठनले आन्दोलन जारी राखेकोमा उहाँहरूका मागलाई समेत समेट्नेगरी वार्ता समिति बनाइएको बताइएको छ ।



    पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी,कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् ।



    गृहमन्त्रालयको उपसचिव दिलकुमार तामाङ सदस्य सचिव छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार