Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रक्षामन्त्री खड्काले गरे जंगी अड्डाको निरीक्षण भ्रमण

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनी जिम्मेवारी सम्हालेपछि पहिलो पटक शुक्रबार सैनिक मुख्यालय पुगेका हुन् ।

जङ्गी अड्‌डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले संचालन गरिरहेका अपरेशनल तथा विविध गतिविधिबारे जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले नेपाली सेना सधै नेपाली जनताको शीर उँचो राख्न सफल, जनताले अत्यन्त विश्वास गरेको संस्था भएको भन्दै प्रशंसा गरेका थिए ।

खड्काले देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेशअनुरुप सन्तुलित व्यवहार जरुरी रहेको बताए । संसारका मानिसहरुले नेपाली सेनाको विश्व शान्ति स्थापना प्रयासमार्फत नेपाललाई चिन्ने वातावरण बनेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077