Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा क्रान्तिकारी र बास्तोला नेतृत्वको बहुमतबीच एकता

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको बहुमतबीच पार्टी एकता भएको छ।

आज काठमाडौंमा दुवै पार्टीका नेताहरुले एक कार्यक्रम गरी पार्टी एकता गरेका हुन्।

बास्तोलाले नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएर नेपाल कम्युनिष्ट पार्टी बहुमत गठन गरेका थिए।

यसअघि यी दुवै पार्टीले वैद्य र बास्तोला नेतृत्वमा वार्ता टोली गठन गरेका थिए । सो वार्ता टोलीमा गत साउन महिनामै पार्टी एकता गर्ने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077