Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनार्दन शर्माले भने - सरकारका १०० दिन गठबन्धन फेरबदलमै विते,अब कामले गति लिन्छ

सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अब सरकारले गति लिने बताएका छन्।

शुक्रबार सुर्खेत पुगेका शर्माले सरकारका १०० दिन गठबन्धन फेरबदलमै वितेपनि अब कामले गति लिने बताएका हुन् ।

उपमहासचिव शर्माले भने, ‘विभिन्न विषयमा गरिएका सहमतिको कार्यान्वयन र सरकार विस्तार गर्ने क्रममा संघीय सरकारका १०० दिन बिते । अब सरकारको न्युनतम साझा कार्यक्रम पनि आइसकेको छ, कामले गति लिन्छ।’

उपमहासचिव शर्माले केन्द्रमा कांग्रेसले मन्त्रीहरुको नाम दिन नसकेकोले मन्त्रीमण्डले पूर्णता पाउन नसकेको बताए। उनले कर्णाली प्रदेशमा वर्तमान सरकारले नै निरन्तरता पाउने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077