Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : कोलकत्तासँग बेंग्लोरको लज्जास्पद हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पहिलो जित निकालेको छ ।

कोलकाताले बिहीबार घरेलु मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध ८१ रनको फराकिलो जित निकालेको हो । प्रतियोगितामा बेङ्लोरको भने यो पहिलो हार हो ।

इडेन गार्डेनमा कोलकाताले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याउने क्रममा बेङ्लोरले १७.४ ओभरमा सबै विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो ।

जितसँगै दुई खेलबाट दुई अंक जोडेको कोलकाता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको बेङ्लोर तालिकाको सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077