Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रक्षामन्त्री खड्का र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालस्थित अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार सिंहदरवारमा भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय हित र समसमायिक विषयवस्तुमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ । राजदूत थम्पसनले नेपाल र अमेरिकाबीचको 'ल्यान्ड फोर्स टल्क' सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

उनले सहमति भएबमोजिम नेपाललाई हवाइसाधनलगायतका उपकरणहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको भौगोलिक अवस्थितिबारे जानकार भएको भन्दै सोहीअनुसार सैन्य सहयोग गर्नेसमेत बताए।

रक्षामन्त्री खड्काले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भए देखि नै घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै नेपाली सेनाको पूर्वाधार विकास लगायत क्षमता विकासमा अमेरिकी सरकारले योगदान पुऱ्याएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077