Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : साविक विजेता गुजरातको लगातार दोस्रो जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार रातिको खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ।

दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा गुजरातले घरेलु टोलीलाई ६ विकेटले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातको ब्याटिङमा साइ सुदर्सन र डेभिड मिलर चम्किँदा १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भयो ।

आईपीएलको जारी सिजन लगातार दोस्रो जित निकाल्दै गुजरात तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077