काठमाडौं । भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ ।
अलराउण्डर मोइन अलीले शानदार बलिङ गर्दै ४ विकेट लिएपछि चेन्नाइले सिजनको पहिलो जित हात पारेको हो ।
घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले ७ विकेट गुमाएर २१७ रन बनाएको थियो ।
जवाफमा लखनउले २० ओभरमा ७ विकेट २०५ रन मात्र बनाउन सक्यो ।