Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अहिलेको कोरा र सतही फेरबदलले कुनै परिणाम दिँदैन : पूर्वराजा ज्ञानेन्द्र

सुनसरी। पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको प्रणालीले कुनै परिणाम नदिने बताएका छन् ।

सुनसरीको इनरुवामा राजावादीहरुले अभिनन्दन गरेपछि सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।

पूर्वराजा शाहले भने, ‘स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन ।’

पूर्वराजा शाहले स्थिरता र स्थायित्व सही राज्यपद्धति बिना हुन नसक्ने बताए। उनले अहिलेको गणतान्त्रिक व्यवस्था कोरा र सतही भएको दाबी गर्दै आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिन नसक्ने जिकिर गरे ।

राष्ट्र र राष्ट्रिय एकताको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै पूर्वराजाले शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077