तनहुँ । नेकपा एमालेका नेता सर्वेन्द्र खनालले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल प्रहरीका पूर्वआईजीपीसमेत रहेका खनालले मुख्य निर्वाचन अधिकृत कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् ।
गत मंसिरमा भएको निर्वाचन निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र रिक्त छ ।
उक्त क्षेत्रमा वैशाख १० गतेका लागि निर्वाचन तोकिएको छ ।
Leave a Reply