Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : मुम्बईमाथि बेंगलोरको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बेङ्लोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ ।

घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा प्लेसिस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेपछि बेंगलोरले १७२ रनको लक्ष्य १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले खराब सुरुआत गरेपछि तिलक बर्माको सानदार ब्याटिङमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जायन्टस् खेल्ने छन् । खेल बेलुका पौने ८ बजे चेन्नईमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077