काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।
आइतबार भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले पराजित गरेको हो ।
राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायो ।
यसअघि हैदराबादमा टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । यो जितसँगै राजस्थान २ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
Leave a Reply