Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा २०७९ पारित भएको छ ।

मस्यौदा समिति सदस्य रमेश लेखकले पेश गरेको मस्यौदा प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो।

यो सँगै प्रतिनिधि सभाअन्तर्गत विभिन्न समिति गठन गर्ने बाटो खुलेको छ। नियमावली पारित नभएकै कारण संसदीय समितिहरू गठन भएका थिएनन्।

संसदीय समितिले सरकारका मन्त्रालयका काम कारबाहीको परीक्षण र निरीक्षणसँगै विधेयक निर्माणमा छलफल गर्ने गर्छन्। विगतमा अभ्यासमा रहेका कतिपय विषयलाई पनि नियमावलीमा संहिताबद्ध गरिएको छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीको तर्फबाट समितिका सदस्य रमेश लेखकले नियमावली पारित गरियोस् भनेर प्रतिनिधिसभा बैठकसामू प्रस्ताव पेस गरेका थिए ।

त्यस्तै प्रतिनिधि सभाको कार्यसूची सांसदहरूले विद्युतीय माध्यमबाट जानकारी संसद सचिवालयले दिने व्यवस्था पनि संशोधनमार्फत् थपिएको छ। त्यस्तै संसद बैठकको सुरूमै सांसदहरूलाई बोल्न दिने समयको नाम आकस्मिक समय राखिएको छ। यसअघि संसदमा यो ढ्यापढ्यापे समयका रूपमा परिचित थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077