Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखको अधिकार कटौती नहुने, पछि हटे सत्तारुढ सांसद

काठमाडौं । प्रतिनिधिसभा नियमावलीमा सभामुखको अधिकार कटौती गर्नेगरी राखिएको संशोधन सांसदहरुले फिर्ता लिएका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठक नियमित राख्ने गरी सत्तारुढ सांसदहरुले प्रतिनिधिसभा नियमावलीमा राखेको आफ्नो संशोधन फिर्ता लिएका हुन् ।

सभामुखले सांसदहरुले राखेका संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदहरुलाई फिर्ता लिने समय दिएका थिए ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले सभामुखको अधिकारलाई कार्यव्यवस्था परामर्श समितिमा ल्याउने प्रस्ताव राखेका थिए ।

प्रतिनिधिसभा बैठकमा सो नियमावलीको मस्यौदा पारित गर्नका लागि भइरहेको छलफलका क्रममा संशोधन प्रस्तावक सांसदहरु रामहरि खतिवडा, रेखा यादव लगायतका सांसदहरुले संशोधन फिर्ता लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077