Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुईवटा खेलहरू हुँदैछन् ।

पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु र मुम्बई इन्डियन्स आमनेसामने हुनेछन् ।

सबै टोली यो सिजन आईपीएलमा सुखद सुरुवात गर्न चाहन्छन् । सन् २००८ मा शेन वार्नको अगुवाइमा राजस्थानले आईपीएलको उपाधि जिते पनि त्यसयता प्रभावशाली प्रदर्शन गर्न सकेको छैन । हैदराबाद सन् २०१६ मा च्याम्पियन बनेको थियो ।

साँझ हुने खेलमा बैंग्लुरु र मुम्बईबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । पछिल्ला दुई सिजनमा बैंग्लुरुले मुम्बईलाई लगातार तीनपटक हराएको छ ।

बैंग्लुरुको कप्तानी फाफ डु प्लेसिसले गर्दै छन् भने रोहित शर्मा मुम्बईको कप्तान छन् । मुम्बई लिगको सबैभन्दा सफल टिम हो । उसले ५ पटक उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077