Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यालयमा दोस्रो दिन पनि नेविसंघको रिले अनसन जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघले अनसन जारी राखेको छ । नेविसंघले शनिबारदेखि रिले अनसन सुरू गरेको थियो।

रिले अनसनअन्तर्गत आज रूपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौत अनसन बसेका छन् । नेविसंघ सभापति दुजाङ शेर्पाको म्याद सकिएकोले खारेज गर्न मागसमेत उनीहरूको छ।

साथै नयाँ पदाधिकारीसहित विधानसम्मत समिति ल्याउनुपर्ने र अवैधानिक तरिकारले पत्र पठाउँदै जिल्ला अध्यक्ष तोक्ने काम बन्द गरिनुपर्ने उनीहरूको माग छ।

स्ववियु निर्वाचनपछि विभिन्न जिल्लामा अध्यक्ष चयन गर्दा नेविसंघभित्र विवाद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077