Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलको १६ औं संस्करण आजबाट, गुजरात र चेन्नई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं संस्करण आजबाट शुरू हुँदैछ । शुक्रबार हुने उद्घाटन खेलमा साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

यो खेल गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा बेलुका पौने ८ बजे सुरु हुनेछ । यसपछि साँझ नेपाली समयअनुसार पौने ८ बजे देखि साविक विजेता गुजरात टाइटन्स र ४ पटकको विजेता चेन्नई सुपर किंग्सबीच खेल हुनेछ ।

४ वर्षपछि आईपीएलको उद्घाटन समारोह हुँदैछ र ३ वर्षपछि घरेलु र अवे ढाँचामा प्रतियोगिता खेलाइनेछ ।

अर्थात् टोलीले लिगका ७ खेल घरेलु र बाँकी लिग खेल विपक्षी टोलीको मैदानमा खेल्नेछन् । भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077