Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार र मिटरब्याज पीडितबीच गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच वार्ता जारी छ। गृह मन्त्रालयमा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच केहीबेर अघिदेखि वार्ता भइरहेको हो ।

सरकारले ४ सदस्यीय वार्ता टोली बनाएपछि आन्दोलनरत पक्षले पनि हिजो ५ सदस्यीय वार्ता टोली बनाएका छन्। जसमा संयोजक मनोज पासवानसहित सघर्ष दाहाल, श्यामकुमारी चौधरी, छेदीलाल पासवान छन्।

उनीहरुले आफ्ना १० बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएका छन्। ​पीडितहरुले साहु, महाजनले कब्जा गरेको सम्पत्ति जसको नामबाट आएको हो, उसैलाई फिर्ता गर्ने गरी कानुन बनाउन माग गरेका छन् । ​

उनीहरुले उच्चस्तरीय आयोग गठन गर्न, तमसुक व्यवस्था खारेज गर्न, पीडितको पक्षमा कानुन बनाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077