Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठक मन्त्रीहरुको नाम फाइनल गर्न असफल बनेको छ ।

बिहीबार राति अबेरसम्म बसेको बैठकमा दलहरुले पाउने मन्त्रालयबारे पूर्ण सहमति नजुटेपछि बिहीबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार मिति सरेको हो ।

अब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्नेगरी छलफल गरिएपनि सहमति जुटेन् । अझैपनि सबै पार्टीले पाउने मन्त्रालयको टुंगो लागिसकेको छैन । शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी छ ।

स्रोतका अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको छ । मन्त्रालयको संख्यामा मोटामोटी सहमति जुटे पनि केही मन्त्रालयमा अलगअलग दलको दाबी भएपछि कुरा मिल्न नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077