Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाँजा खेती गर्न पाऊँ भन्दै परेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । गाँजा खेती गर्न पाऊँ भन्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले यस्तो आदेश गरेको हो ।

आज भएको पहिलो सुनुवाइमा रिट निवेदक पक्षको बहस सुनेपछि संवैधानिक इजलासले कारण देखाऊ आदेश दिएको सर्वोच्चको वेबसाइटमा उल्लेख छ ।

बहुउपयोगी सामान बनाउन सकिने गाँजाको खेती गर्न किसानलाई रोक लगाउन नपाइने भन्दै शिव खड्का लगायतले एक हप्ताअघि रिट दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077