Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै परेको निवेदन सर्वोच्चले गरिदियो दरपीठ

काठमाडौं । सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिनेगरी गरेको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।

द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित आइतबार दायर गरेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको हो।

सर्वोच्चले सार्वजनिक बिदा दिने नदिने विषय कार्यपालिकाको भएको जनाउँदै यसमा सर्वोच्चबाट नीतिगत निरुपण हुन नसक्ने पनि जनाएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले निर्णय गरेपछि गत फागुन १ गते जनयुद्ध दिवस मनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077