Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं। नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवाका लागि सिफारिस गरिएको छ।

बढुवा सिफारिसको सोमबार बसेको बैठकले मीरा चौधरी, सुदीप गिरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको हो ।

उनीहरू सबै वर्तमान आईजीपी वसन्त कुँवरका ब्याची हुन् । सरकारले चैत १० गते कुँवरलाई आईजीपीमा बढुवा गरेको थियो ।

टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भइसकेका छन्।

चैत ११ गतेदेखि एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकास भएपछि र कुँवर आईजीपीमा पदोन्नती भएपछि नेपाल प्रहरीमा चार एआईजी रिक्त भएको थियो।

नेपाल प्रहरीका ८ एआईजी दरबन्दीमध्ये तीनजनाले चैत १० गते मध्यरातबाट अवकाश पाएका थिए । नेपाल प्रहरीमा जनजपदतर्फ ८ एआईजीको दरबन्दी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077