Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशको वर्तमान अवस्थाबाट सन्तुष्ट हुने ठाउँ छैन : बाबुराम भट्टराई

सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान अवस्थामा देशको अवस्था ठिक नरहेको बताएका छन् ।

पार्टीको प्रशिक्षण भेलाका लागि सुर्खेत पुगेका अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले भने, ‘राजनीतिक भनेको पावर केन्द्र हो । कति बेला के हुन्छ भन्ने थाह हुँदैन, यो सरकार स्थिर भएर अगाडि बढ्नुपर्छ भन्ने नै हो ।’

अध्यक्ष भट्टराईले अहिले देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढङ्गले अघि नबढेकाले सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको बताए।

उनले वर्तमान सरकारको काँधमा शान्ति प्रक्रियाका बाँकी कामहरूलाई पूर्णता दिने र देशलाई समृद्धिको दिशातिर अग्रसर गराउनुपर्ने जिम्मेवारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077