Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कञ्चनपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट कञ्चनपुरस्थित पुनर्वासकी एक महिलाको मृत्यु भएको छ।

नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेसनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।

शुक्रबार बिहान घाँस काट्न गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो।

उनीसँगै गएका अन्य भाग्न सफल भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077