Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईजीपीमा ज्ञवालीलाई नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल !

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रहरी महानिरीक्षक (आईजीपी )नियुक्तिबारे छलफल भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार साँझ प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच नेपाल प्रहरीमा शुक्रबार बेलुकादेखि रिक्त हुने आईजीपी पदमा नियुक्तिको विषयमा वान टू वान वार्ता भएको हो ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । चैत १० गते (शुक्रवार) उनलाई बिदाइ गरिने छ । त्यसअघि सत्तासाझेदार दलहरुबीच आईजीपी पदमा कसलाई नियुक्ति गर्ने भन्ने विषयमा छलफल भएको हो ।

स्रोतका अनुसार कसलाई आईजीपी बनाउने भन्ने विषयमा सहमति नभए पनि श्यामलाल ज्ञवालीलाई नियुक्ती गर्नेबारे छलफल भएको वताइएको छ। ।

शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपीको टुंगो लगाउने छ । भावी आईजीपीको लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु दाबेदार छन् । बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीका दाबेदार हुन् ।

बालुवाटार आईजीपीमा ज्ञवालीको सम्भावना बढी छ ।

एआईजी ज्ञवालीको जन्ममिति विवादबारे बिहीबार गृहसचिव विनोद प्रकाश सिंह, महान्यायाधीवक्तासहितको टोलीले गरेको छानबिनका क्रममा कुनै त्रुटि नदेखिएपछि उनलाई आईजीपी नियुक्ती गर्न छलफल भएको बताइएको छ ।

प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई सरकारले आईजीपी बनाउन सक्ने उल्लेख छ ।  एआईजी ज्ञवाली सक्षम प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077