Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीति फुटाउने खेल हो, खेलकुद चाहिँ जोड्ने : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीति फुटाउने खेल भएको टिप्पणी गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेपछि बालेनले सामाजिक सञ्जालमार्फत यस्तो खेल क्षेत्रले सबैलाई जोड्ने अभिव्यक्ति दिएका हुन् ।

शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एकदिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको थियो ।

उनले लेखेका छन् 'राजनीति फुटाउने खेल हो, खेलकुद चाहिँ जोड्ने खेल हो । अब जोड्ने खेललाई प्रबर्द्धन गर्ने हामी सबै को दायित्व हो । राष्ट्रिय क्रिकेटलाई फुटबल को सम्मान, यो सम्मान जोड्ने खेल को अनुपम नमुना हो ।'

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा भएको अन्तिम त्रिकोणात्मक श्रृंखलामा नेपालले बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्सलाई ९ रनले पराजित गर्दै विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077