एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफूलाई पक्राउ गर्नसक्ने भन्दै प्रदर्शन गर्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले सो कुरा खुलाखा गर्दै समर्थकहरूलाई प्रदर्शन गर्न आह्वान गरेका हुन् ।
न्युयोर्कका अभियोजनकर्ताले ट्रम्पले यौन सम्बन्ध रहेका भनिएका महिलाहरुलाई बोल्नबाट रोक्नका लागि दिएको रकमको छानबिन सुरु गरेका छन् । मेनहटन जिल्ला सरकारी वकिलको कार्यालयले उनीमाथि यस विषयमा अनुसन्धान गर्दै आएको छ ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ‘रिपब्लिकन पार्टीका उम्मेदवारहरूको प्रतिस्पर्धामा अग्रपंक्तिमा रहेका तथा अमेरिकी पूर्वराष्ट्रपतिलाई आगामी साताको मंगलबार पक्राउ पर्न सक्छन् ।’
Leave a Reply