Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई वर्षपछि युट्युबमा फर्किए ट्रम्प, लेख्छन् - 'आई एम ब्याक’

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः युट्युबमा फर्किएका छन् । आफ्नो युट्युब च्यानलबाट गायब भएको दुई वर्षपछि ट्रम्प पुनः युट्युबमा फर्किएका हुन् ।

उनले आफ्नो युट्युब च्यानल र आफ्नो फेसबुक पेजमा ११ सेकेण्डको भिडियो पोस्ट गरेका छन्, जसमा उनले ‘आई एम ब्याक’ लेखेका छन् ।

यो भिडियो उनको एक चुनावी र्‍यालीको हो, जसमा उनी भनिरहेका छन्, ‘तपाईंलाई पर्खाएकोमा माफी चाहन्छु, यो जटिल घटना हो ।’ सन् २०२० मा भएको राष्ट्रपती निर्वाचनमा पराजयपछि उनका समर्थकहरूले वाशिङटनको क्यापिटल बिल्डिङमा आक्रमण गरेका थिए ।

त्यसपछि उनको सामाजिक सञ्जाल अकाउन्ट फ्रिज गरिएको थियो । यसै वर्ष जनवरीमा ट्रम्पले फेसबुक र इन्स्टाग्राममा पनि पुनरागमन गरेका थिए । गत वर्ष नोभेम्बरमा उनले आफ्नो ट्विटर अकाउन्ट फिर्ता पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077